काठमाडौं। नेपालमा थप नौ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितहरूमा पर्साका दुई बालक, र दुईजना महिला गरी चारजना छन्। योसँगै कूल संक्रमितको संख्या २६७ जना पुगेका छन्। त्यस्तै उदयपुरमा एकजना, दाङमा तीनजना र काठमाडौंमा एकजनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्।
प्रकाशित : २०७७ जेठ २ गते २०:५४
Facebook Comment