No ads found for this position

जेठ महिना जटिल, लकडाउन कडाईका साथ लम्ब्याउने तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३ गते ७:०४
No ads found for this position
जेठ महिना जटिल, लकडाउन कडाईका साथ लम्ब्याउने तयारी
No ads found for this position

काठमाडौं, ३ जेठ । सरकारले लकडाउन लम्ब्याउने तयारी गरेको छ । ५ जेठबाट पुनः कम्तिमा १० दिन लकडाउन थप्ने गरी तयारी भएको हो । जेठ महिना निकै जोखिमले भरिएको रिपोर्टहरु आएपछि सरकारले लकडाउन कडाईका साथ थप्न लागेको हो ।

लकडाउन लम्ब्याउने र मोडालिटीबारे संयन्त्रले सुझावहरु संकलन गरिसकेको छ । चारवटै सुरक्षा निकायका प्रमुख देखि स्वास्थ्य मन्त्रालय, आपूर्ति मन्त्रालयलगायतका अधिकारीहरुको राय संकलन गरेर अबको योजनाबारे थप निर्णय लिन लागिएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार अब काठमाडौं उपत्यका छिर्ने मुख्य नाकाहरुमा नेपाली सेनालाई समेत समावेश गरी कडाई गरिने तयारी भएको छ । चारवटै सुरक्षा निकायलाई स्वास्थ्यकर्मी र स्थानीय निकायका जनप्रतिनिधिसँग समन्वय गरी खटाइने योजना बनाइएको स्रोतले बतायो ।

कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि सरकारले झन् कडा नीति लिन लागेको हो । यसपटक कम्तिमा १५ जेठसम्म लकडाउन थपिने तयारी भएको छ । संयन्त्रको बैठक आज बसेर सिफारिश गर्ने र आइतबार मन्त्रिपरिषद बैठक बसेर निर्णय लिने बुझिएको छ ।

लकडाउन कडाई गर्न यसअघि वितरित सबै पास रद्द भइसकको । निश्चित क्षेत्र तोकी आधिकारिक परिचयपत्र विना सवारी साधन गुड्न निषेध गरिएको छ ।

संक्रमण समुदायसम्म फैलिएपछि गृह मन्त्रालय कडा रुपमा प्रस्तुत भइसकेको छ । अत्यावश्यक सेवाका सवारीलाई पास चाहिंदैन । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र लिनुपर्नेछ ।

पास विना सञ्चालन गर्न पाउने सवारीसाधन
एम्बुलेन्स, शवबाहन र दमकल
यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु
स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु
खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति
फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु
यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ

सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ

लकडाउनमा पास नचाहिने सवारी साधन

माथि उल्लेखितबाहेकका सवारी साधन विना पास सञ्चालनमा आए कारबाही भोग्नुपर्नेछ । यी बाहेकका सवारी साधनले अत्यावश्यक र आकस्मिक अवस्था हेरेर निश्चित समयका लागि पास पाउनेछन् । पास लिनसक्ने व्यवस्था पनि छ ।

प्रकाशित : २०७७ जेठ ३ गते ७:०४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI