यो वर्षको अन्तिमसम्म कोरोना भ्याक्सिन आउनसक्छः ट्रम्प

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३ गते ७:१९
यो वर्षको अन्तिमसम्म कोरोना भ्याक्सिन आउनसक्छः ट्रम्प
Mandatory Credit: Photo by Shutterstock (10624209o) United States President Donald Trump participates in a news briefing with members of the Coronavirus Task Force at the White House in Washington, DC. Trump Daily Coronavirus Taskforce Briefing, Washington, District of Columbia, USA - 24 Apr 2020

वासिङ्गटन, ३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारको कयौं देशमा कोरोनाविरुद्धको भ्याक्सिनमाथि अनुसन्धान चलिरहेको बताएका छन् । उनले अमेरिका ती सबैसँग सम्पर्कमा रहेको बताए ।

उनले भने, ‘हामीलाई लाग्छ कि कोरोना भ्याक्सिन यो वर्षको अन्तिम वा त्यो भन्दा पहिला उपलब्ध हुनेछ । हामीले छिट्टै खुसीको खबर सुन्न पाउनेछौं भन्ने मलाई विश्वास छ ।’

उनले औषधि पत्ता लागे पनि नलागे पनि लकडाउन जारी नहुने र मुलुक खोल्ने बताए । उनले अर्थतन्त्र खोल्नुको विकल्प नरहेको जानकारी दिए ।

डब्लूएचओका निर्देशक टेड्रोस एडहेनोमले पनि कोरोनाको उपचारका लागि संसारका धेरै ठाउँमा अनुसन्धान चलिरहेको जानकारी दिए । उनले पनि छिट्टै सफलता मिल्ने विश्वास व्यक्त गरे ।

उनले यो औषधि सबैलाई समानताको आधारमा उपलब्ध गराउन नसके कोरोना महामारीको अन्त्य हुन नसक्ने चेतावनी दिउका छन् । उनले औषधि सबैलाई उपलब्ध गराउनुको विकल्प नरहेको बताएका हुन् ।

प्रकाशित : २०७७ जेठ ३ गते ७:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI