गल्छि बजारको केहि क्षेत्र सहित कटुवालपौवा गाउँ शील, बाहिर निस्कन र आवतजावतमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३ गते १३:१३
गल्छि बजारको केहि क्षेत्र सहित कटुवालपौवा गाउँ शील, बाहिर निस्कन र आवतजावतमा

धादिङ । धादिङमा बिहिबार कोरोना सँक्रमित भेटिएपछि जिल्ला सुरक्षा समितिले शुक्रबार आज विभिन्न निर्णयहरु गरेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरु मध्ये १ जना धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवालपौवाको रहेपछि गाउ सहित गल्छि बजारको केहि क्षेत्रलाई शील गर्ने निर्णय भएको हो ।

विहान जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा र गल्छि गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ सहितको जनप्रतिनिधिहरुसहितको संयुक्त वैठकले गल्छि गाउँपालिकाको केहि क्षेत्रलाई शील गर्ने निर्णय गरेको हो ।

बैठकले गल्छी गाउँपालिका वडा नं ८ को पुर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्वर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वीराजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडकलाइ शील गर्ने निर्णय गरेको गाउापालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नागरिकपाटीलाई बताउनुभयो ।

यस्तै प्रजिअ अस्मान तामाङले यी चारकिल्ला भित्र आगामी जेठ ६ गते राती १२ बजेसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निशेधाज्ञा जारी गर्दे शील गर्ने निर्णय भएकोे नागरिकपाटीलाई बताउनुभयो ।

बैठकले उल्लेखित चार किल्ला भित्र कसैलाइ पनि बाहिर निस्कन र आवतजावत गर्न पुर्ण प्रतिवन्ध लगाइएको छ । सम्पुर्ण सुरक्षा ब्यवस्था मिलाउनको लागि र माइकिङ गर्नको लागि शसस्त्र प्रहरी तथा नेपाल प्रहरीलाइ जिम्मा दिइएको छ । साथै नेपाली सेनाले पनि गाडीबाट गस्ती गर्ने निर्णय गरिएको छ ।

बैठकले गल्छी गाउँपालिकालाई संक्रमित ब्यक्तिसंग जोडिएका ब्यक्तिहरुलाइ सम्पर्क गरि क्वारेन्टाइनमा राख्नको लागि निर्देशन दिएको छ । वडा अध्यक्ष भरत तामाङको संयोजकत्वमा ‘कन्ट्याक्ट टे«सिङ’ गर्न स्वास्थकर्मी सुरक्षा निकाय र जनप्रतिनिधिको संयुक्त टिम बनाइको छ । बैठकले संक्रमित महिलासंग सम्पर्कमा आएका सवैजनाको पिसिआर परीक्षण गराउने निर्णय गरेको छ ।

प्रकाशित : २०७७ जेठ ३ गते १३:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI