कोरोना संक्रमण मिल्दो लक्षण देखिएकी सुत्केरी महिलाको मृत्यु, अस्पताल सिल गरियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३ गते १३:५२
कोरोना संक्रमण मिल्दो लक्षण देखिएकी सुत्केरी महिलाको मृत्यु, अस्पताल सिल गरियो

काठमाडौं : कोरोना संक्रमणको आशंका गरिएको विरामीको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेको ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल आज विहान सिल गरिएको हो ।

शिक्षण अस्पताल काठमाडौंमा आठ दिन अघि सुत्केरी भएकी घर फर्केपछि ति महिला विरामी परेकी थिइन् । उनमा कोरोना संक्रमण मिल्दो लक्षण देखिएपछि केही दिन अघि धुलिखेल अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

विरामीको मृत्यु भएपछि उनको स्वाब परीक्षण अघि बढाइएको छ । धुलिखेल अस्पतालले विरामीमा कोरोना संक्रमण भए नभएको प्रतिवेदन आउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित : २०७७ जेठ ३ गते १३:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI