No ads found for this position
अरबी महिलाहरुको सौन्दर्य रहस्य
NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३ गते १७:४१
No ads found for this position
No ads found for this position
दिल से तेरी निगाह जिगर तक उतर गई
दोनों को इक अदा में रजामन्द कर गई
मिर्जा गालिबको यो शेरले सम्झना गराउँछ सौन्दर्यको अप्रतिम मूर्ति । जसको हेराइमा घायल नहुने पुरुष हृदय शायदै पाइएलान् । हो हामी कुरा गर्दै छौँ सुन्दरताको, विशेष गरी अरबी महिलाहरूको सुन्दरताको । आधुनिक समयमा सुन्दरताको कुरा गर्दा अरबी महिलाहरूको चर्चाबिना त्यो अधुरो हुन्छ । बान्की मिलेको अनुहार, चमकदार छाला, तेजिलो आँखा, मुलायम एवं रसिलो ओठ आदिका कारण उनीहरूको सौन्दर्य अप्रतिम हुने गर्छ । अरबी महिलाहरूको छाला तथा कपाल पनि अन्य देशका महिलाहरूको तुलनामा धेरै सुन्दर र स्वस्थ हुन्छ । उनीहरू ठूल्ठूला आँखा र आकर्षक हेराइका कारण पनि प्रख्यात छन् । यहाँका महिलाहरू धेरैजसो बुर्काभित्र रहन्छन् । तर नकाबभित्रबाट देखिने सुन्दर आँखाले नै उनीहरूको सुन्दरताको बयान गर्छ ।
अरबी महिलाको सुन्दरता प्राकृतिक त हुँदै हो त्यसमाथि उनीहरूले गर्ने छालाको हेरचाहका कारण पनि उनीहरूको सौन्दर्यमा थप वृद्धि हुने गरेको छ । अरबी महिलाहरू आफ्नो प्राकृतिक सुन्दरतालाई जोगाइराख्न विशेष रूपमा छालाको हेरचाह गर्छन् । स्वस्थकर खाना खान्छन् । अनि घामबाट जोगिन विविध उपाय अपनाउँछन् ।
अरबी महिलाहरू आफ्नो सुन्दरताको हेरचाह कसरी गर्छन् त ?
अरबी महिलाहरू बुर्का लगाउँछन् । बुर्का लगाउनुको पछाडि धार्मिक कारण त छँदै छ तर यसले सूर्यको हानिकारक किरणबाट छालालाई जोगाउने कामसमेत गर्छ । बुर्काले छालालाई प्रदूषण र धुलोबाट पनि बचाउँछ । अरबी महिलाहरू सनस्क्रिनको प्रयोग गर्छन् ।
अरबमा सनबाथको पारम्परिक संस्कृति छ । आज पनि अरबी महिलाहरू आफ्नो सुन्दरता कायम राख्न परम्परागत सनबाथ लिन रुचाउँछन् । नरम र चम्किलो छालाका लागि अरबी महिलाहरू विशेष किसिमको तेलले दिनहुँ मसाज गर्नुको साथै शरीरमा स्टीम दिने गर्छन् । यसका साथै तातोपानीमा शरीरलाई घण्टौंसम्म डुबाएर राख्ने गर्छन् ।
अरबी महिलाहरू एभोकाडो युक्त घरमा बनेका सौन्दर्य प्रसाधनको प्रयोग गर्छन् । उनीहरू सुन्दरताको मामिलामा निकै संवेदनशील हुन्छन् ।
उनीहरू अर्गानिक सौन्दर्य प्रसाधन मात्र प्रयोग गर्छन् । अरबी महिलाहरू आँखाको मेकअप गर्न मन पराउँछन् । गाजल उनीहरूको अत्यन्त प्रिय सौन्दर्य प्रसाधन हो ।
आँखाको सुन्दरता बढाउन उनीहरू घरमै बनाइएको गाजल लगाउने गर्छन् । अरबी महिलाहरू हलावा नामक घरमा बनेका वाक्सको प्रयोग गर्छन् । यसैबाट उनीहरू शरीरका अनावश्यक रौं हटाउँछन् ।
अरबी महिलाहरू गुलाबजललाई महत्वपूर्ण सौन्दर्य प्रसाधनको रूपमा प्रयोग गर्छन् । गुलाबजलले नेचुरल एस्ट्रिजेन्टको काम गर्छ । यसले छाला बिग्रन तथा चाउरिन दिँदैन । उनीहरू गुलाब जललाई जमाएर आइसक्युब बनाई अनुहार र गर्दनको वरिपरि रगड्छन् । यसो गर्दा अनुहार र गर्दनको छाला कसिलो तथा चमकदार हुन्छ ।
अरबी महिलाहरू कठोर हेल्दी डाइट फलो गर्छन् । हामी चिल्लो र स्वादिलो खाना देख्नासाथ मन थाम्न सक्दैनौँ तर अरबी महिलाहरू स्वस्थकर खाना खान्छन् । उनीहरूको खानामा पर्याप्त फलफूल र सागपात हुने गर्छ ।
अरबी महिलाहरू कपालको सुन्दरतामा विशेष ध्यान दिन्छन् । उनीहरू कपाललाई सुन्दर र स्वस्थ बनाउनका लागि विशेष प्रकारको अरबी तेलको प्रयोग गर्छन् ।
प्रकाशित : २०७७ जेठ ३ गते १७:४१
No ads found for this position
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by:
SAROJ BHATTARAI
Facebook Comment