पुर्वी नवलपरासीबाट १६ जनाको स्वाब परिक्षणका लागि पोखरा पठाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३ गते २०:३७
पुर्वी नवलपरासीबाट १६ जनाको स्वाब परिक्षणका लागि पोखरा पठाईयो

कावासोती/ ३ जेठ
भारतको मुम्बई बाट पुर्वी नवलपरासीको बौदीकाली गाउपालिका आएका १५ जना र रौतहटबाट आएका एक जनाको आज स्वाबको नमूना संकलन गरेर परिक्षणको लागि पोखरा पठाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय कावासोती बाट गएको चिकित्सक सहितको टोलिले गाँउपालिकाको क्वारेन्टाईनमा बसेका १६ जनाको स्वाब संकलन गरेर पठाईएको र स्वाब परिक्षणको रिपोर्ट आईतवार साँझ सम्म आउने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए । शुक्रवार पनि जिल्ला बाट २० जनाको स्वाब परिक्षणका लागि पठाईएकोमा सबै रिपोर्ट नेगेटिभ आएको चापागाईंले बताए ।

प्रकाशित : २०७७ जेठ ३ गते २०:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI