काठमाडौं- नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। महोत्तरीमा २ र सिन्धुपाल्चोकमा १ गरी ३ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषामा २ र सिन्धुपाल्चोकमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा सिन्धुपालचोककी २९ वर्षिय महिलाको शुक्रबार धुलिखेल अस्पतालमा कोरोनाको कारण निधन भएको छ। उनी नेपालमा कोरोनाका कारण मृत्यु हुने पहिलो संक्रमित हुन्। मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३६ जना उपचारपछि निको भएका छ।
प्रकाशित : २०७७ जेठ ३ गते २१:४३
No ads found for this position
Facebook Comment