No ads found for this position

कोभिड १९ बाट मृत्यु भएकी सुत्केरी महिला धामीझाँक्रीका घर पुगेकी थिइन्

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ४ गते ७:३०
No ads found for this position
कोभिड १९ बाट मृत्यु भएकी सुत्केरी महिला धामीझाँक्रीका घर पुगेकी थिइन्
No ads found for this position
चित्र मिजार, सिन्धुपाल्चोक। कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखा परेर उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ ।

सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए । उनले नाम उल्लेख नगर्न भन्दै उपचारका लागि धुलिखेल लानुअघि एक युवकले माेटरसाइकलमा राखेर धामी झाँक्रीलाई देखाउन लगेकाेमा त्यसका लागि स्थानीय महिलाका परिवारजन र स्थानीय युवाले सहयोग गरेकाे बताए ।

पछि एम्बुलेन्समा हालेर धुलिखेल अस्पताल उपचारका लागि लगिएको थियो । बाह्रबिसेका प्रहरीले एम्बुलेन्समा राखेर उपचारका लागि पठाएका थिए ।

सुत्केरी व्यथाले महिला वैैशाख २३ गते काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी थिइन्। वैशाख २४ गते अस्पतालमा  सामान्य रुपमा सुत्केरी भएकी थिइन् । वैशाख २५ गते डिस्चार्ज भई महिलालाई बाह्रबिसे नगरपालिका ९ राम्चेमा अवस्थित ठोटनेरीस्थित घरमा ल्याइएको थियो । महिलालाई बाेलेरो गाडीमा हालेर घर ल्याइएको थियो ।

घरमा ल्याएपछि महिलालाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएको थियो । त्यसपछि स्थानीयले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराएका थिए । केन्द्रमा उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा बिहीबार साँझ पुर्याइएकाे थियो ।-गोरखापत्रबाट

प्रकाशित : २०७७ जेठ ४ गते ७:३०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI