नेपालमा कोरोना भाईरस बाट दोस्रो व्यक्तिको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ४ गते १७:३६
नेपालमा कोरोना भाईरस बाट दोस्रो व्यक्तिको मृत्यु


काठमाडौँ ।
नेपालमा कोरोना भाइसर(कोभिड–१९) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २४ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतार बिहान पौने ७ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
नरैनापुर ५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए ।
ति युवकलाई राती तीन बजेतिर वान्ता भएको थियो । उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।
उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।

प्रकाशित : २०७७ जेठ ४ गते १७:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI