No ads found for this position

प्रहरी जवानमा कोरोना सङ्क्रमणपछि निरीक्षकसहित २५ जना क्वारेन्टीनमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ४ गते १९:४७
No ads found for this position
प्रहरी जवानमा कोरोना सङ्क्रमणपछि निरीक्षकसहित २५ जना क्वारेन्टीनमा
No ads found for this position

बारा, जेठ ४ गते । जिल्ला प्रहरी कार्यालय, बारा कलैयाको मुद्दा फाँटमा कार्यरत एकजना प्रहरी जवानमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि एक प्रहरी निरीक्षकसहित २५ जना प्रहरीलाई क्वारेन्टीनमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षकसहित सङ्क्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय नजिकै रहेको बाल मन्दिरको प्रहरी क्वारेन्टीनमा राखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

सङ्क्रमित प्रहरी जवानको सम्पर्कमा आएका २५ जना प्रहरीसँगै जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र जिल्ला सरकारी वकिल कार्यालयका तीनजना सहित ३१ जनाको स्वाब पीसीआर परीक्षणका लागी कलैया अस्पतालमा सङ्कलन गराइएको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।

सङ्क्रमित प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमै आइसोलेसनमा राखिएको छ । सङ्क्रमित प्रहरी जवान गएको वैशाख २९ गते रौतहटमा रहेको घर गएर ३० गते जिल्ला प्रहरी कार्यालय बारामा फिर्ता आएका थिए ।

प्रहरी जवानमा कोरोनाको पुष्टि भएसँगै जिल्ला प्रहरी कार्यालयमा अति आवश्यक कामबाहेक अन्य सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ । प्रहरी कार्यालयमा नआइ नहुने कामबाहेक अन्यलाई प्रवेश गर्न आइतबारदेखि पूर्णरुपमा निषेध गरिएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ जेठ ४ गते १९:४७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI