धनकुटा र विराटनगरमा ३ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ सय ९५ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ४ गते २०:१०
धनकुटा र विराटनगरमा ३ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ सय ९५ पुग्यो

४ जेठ, विराटनगर । आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । धनकुटामा ३४ वर्षकी महिलामा संक्रमण पुष्टि भएकोछ । संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको सामाजिक विकास मन्त्री घिमिरेले पुष्टि गरे ।यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । मध्ये १७ जना उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले पनि आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि गरेको छ ।

प्रकाशित : २०७७ जेठ ४ गते २०:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI