No ads found for this position

कोरोना भाइरस नेपाल: जेठ २० सम्म लकडाउन बढाइयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ४ गते २१:४२
No ads found for this position
कोरोना भाइरस नेपाल: जेठ २० सम्म लकडाउन बढाइयो
No ads found for this position

नेपालमा थप १५ दिन देशव्यापी लकडाउन बढ्ने भएको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ २० गतेसम्म कायम राख्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले बताए। कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले गत चैत ११ देखि देशभरि अत्यावश्यकबाहेक अन्य काममा हिँडडुल र सवारीसाधन प्रयोग गर्न रोक लगाउँदै आएको छ।त्यसपछि लकडाउनको अवधि पटकपटक थप गरिएको थियो। यसअघि १० दिन थपिएको लकडाउनकोको अवधि सोमवार मध्यरातसम्म कायम थियो । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय सीमा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो ।सूचना तथा सञ्चार एवम् अर्थमन्त्री खतिवडाले सीमामा रहेका नेपाली नागरिकहरू र ढुवानीका साधनमा लुकीछिपी यात्रा गरिरहेका नागरिकहरू बारे पनि छलफल भएको बताए। उनले त्यसबारे थप निर्णय कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले गर्ने बताए। खतिवडाले ढुवानीका सवारीसाधन नरोकिने बताए। त्यसबाहेक विदेशबाट फर्किएका नेपालीहरूलाई उत्पादनमूलक काममा लगाउन सकिने बारेमा पनि छलफल भएको खतिवडाको भनाइ छ। छिमेकी देश भारतले लकडाउनको अवधि बढाएर जेठ १८ गतेसम्म पुर्‍याएको छ।

प्रकाशित : २०७७ जेठ ४ गते २१:४२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI