No ads found for this position

दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता, उपाधि जस्ट सामलाई

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ५ गते ८:५४
No ads found for this position
दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता, उपाधि जस्ट सामलाई
No ads found for this position

काठमाडौं। अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छन्। नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) भने उपविजेता बनेका छन्। आज भएको फाइनलमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन्। दिवेश भने टप २ मा पुगेर भोट कम आउँदा उपाधि चुम्‍न चुकेका हुन्। उनी अमेरिकन आइडलको फाइनलमा पुग्‍ने पहिलो नेपाली बनेका छन्। काठमाडौंको रविभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् । अडिशन राउण्डबाटै उत्कृष्‍ट प्रस्तुति दिँदै टप १० मा पुगेका उनी त्यसपछि टप ७ हुँदै उत्कष्‍ट २ मा परेका थिए। लकडाउनका कारण पछिल्ला दुई शृंखलामा प्रतियोगीले घरबाटै प्रस्तुति दिने व्यवस्था मिलाइएको थियो। फाइनलमा पनि यही तरिका अपनाइएको थियो। टप ५ प्रतिस्पर्धीले घरबाटै गाएका थिए भने जजहरूले पनि घरबाटै हेरेका थिए। भिडियो कन्फरेन्समार्फत १८ औं अमेरिकन आइडलको घोषणा गरिएको हो।


अमेरिकन आइडल बनेकी जस्ट साम को हुन् ?

उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्‍वेत गायिका हुन् ।
न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरूमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् । उनले पहिलो अडिसनबाटै निर्णायकहरूलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो । यो सिजनको एक मात्र महिला प्रतिस्पर्धीका रूपमा अगाडि बढ्दै आएकी उनले पहिलो अडिसनबाटै निर्णायकहरूलाई प्रभावित पार्दै आएकी थिइन्।

प्रकाशित : २०७७ जेठ ५ गते ८:५४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI