No ads found for this position

आज बाट गर्मी बढने, तीन दिन मौसम सफा रहने

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ५ गते ९:२०
No ads found for this position
आज बाट गर्मी बढने, तीन दिन मौसम सफा रहने
No ads found for this position

काठमाडौं। आज देशको अधिकांश क्षेत्रको तापक्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार काठमाडौंको तापक्रम १८ दशमलब ६ डिग्री सेल्सियस छ। त्यस्तै विराटनगरको २६ डिग्री, सिमराको २५ दशमलब २ डिग्री, पोखराको २० दशमल ७ डिग्री, नेपालगञ्‍जको २२ डिग्री, धनगढीको तापक्रम २१ डिग्री सेल्सियस छ।

आज पहाडी भूभागका केही ठाउँमा अपरान्हपछि क्षणिक वर्षातको अनुमान गरिएको छ। अहिले पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रहेको र बाँकी क्षेत्रमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।भोली र पर्सी दुई दिन पनि सामान्यतया मौसम सफा रहने बताइएको छ।

प्रकाशित : २०७७ जेठ ५ गते ९:२०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI