३० जिल्लामा कोरोना संक्रमण, कुन जिल्लामा कति?

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ५ गते ११:२४
३० जिल्लामा कोरोना संक्रमण, कुन जिल्लामा कति?

नेपालमा हालसम्म ३० जिल्लाका व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको विवरण अनुसार नेपालमा संक्रमित हुनेको संख्या  ३ सय ४ छ। यसमध्ये सबैभन्दा बढी पर्सा जिल्लाका संक्रमित छन्। पर्सामा ९१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। कपिलवस्तु ४२ जना कोरोना संक्रमित भेटिएका छन्। 

नेपालमा कोरोना संक्रमित देखिएका मध्ये ३६ जना उपचारपछि घर फर्किएका पनि छन्। दुई जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको कोरोनाका कारण ज्यान गएको हो। 

नेपालमा सबैभन्दा पहिले जनवरी २३ मा कोरोना संक्रमित भेटिएका थिए। सबैभन्दा बढी उमेरकी ८१ वर्षीया कोरोना संक्रमित वृद्धा निको भएर घर फर्किएकी छन् भने सबैभन्दा कम उमेरका २ महिने संक्रमित शिशुको वीरगञ्जमा उपचार भइरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लागत आधारमा संक्रमित व्यक्तिको संख्या अद्यावधिक गर्ने गरेको छ। यसरी प्रयोग गर्दा संक्रमित भेटिएको जिल्ला भन्दा पनि स्थायी ठेगाना भएको जिल्लाका आधारमा तथ्यांक निकालेकोले जनमानसमा त्रास फैलाएको भन्दै आलाचना पनि सुरु भएको छ। तर मन्त्रालयले यसबारे छलफल भइरहेको भने दाबी गरेको छ। 

मन्त्रालयले तयार पारेको विवरणका आधारमा तयार पारिएको तालिका हेरौं

प्रकाशित : २०७७ जेठ ५ गते ११:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI