मन्त्रीपरिषदद्वारा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा स्वीकृत
NAWALPUR TIMES प्रकाशित : २०७७ जेठ ५ गते २०:३३
No ads found for this position
No ads found for this position
काठमाडौं, ५ जेठ : मन्त्रिपरिषद्ले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले नयाँ पेजलाई जानकारी दिए । मन्त्रिपरिषदमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् ।
नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता गरेको थियो।
भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग निर्माण गरेर उद्घाटन गरेपछि नेपालले आपत्ती जनाउदै आएको थियो । सुगौली सन्धी (१८१६) बमोजिम नेपाल सरकारले काली (महाकाली) नदीदेखि पूर्वका लिम्पियाधुरा, कालापानी, र लिपु लेकसहित सम्पूर्ण भूमि नेपालको भएको कुरा निरन्तर रुपमा नेपाल उठाउदै आएको थियो ।
कोरोनाभाइरस (कोभिड–१९) को महामारी कै बिच भारतले नेपाली भूमि अतिक्रमण गरेको छ ।भारतको उत्तराखण्ड स्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रमा नेपाली भूमी मिचेर लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । यो सन् १८१६ को सुगौली सन्धि विपरित पनि हो ।
Facebook Comment