५ जेठ, काठमाडौं । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा धनुषा मा २ जना, खोटाङमा १ जना, बाँके नरैनापुरमा १२ जना, दैलेख १ जना र सुनसरी १ जना र झापामा १ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
प्रकाशित : २०७७ जेठ ५ गते २२:३७
No ads found for this position
Facebook Comment