रोल्पाको आईसोलेसनमा मृत्यु भएका युवकको स्वाब परिक्षण गर्न दाङ पठाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ६ गते ९:२३
रोल्पाको आईसोलेसनमा मृत्यु भएका युवकको स्वाब परिक्षण गर्न दाङ पठाईयो

६ जेठ, । रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् । आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो ।रोल्पा अस्पतालका अनुसार ती युवक कोरोना संक्रमित हुन् कि होइनन् भन्ने पत्ता लगाउन नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले रोल्पाका युवकको नमूना मंगलबार बिहान आइपुगेको र परीक्षणको प्रक्रियामा रहेको जानकारी दिइन् ।

प्रकाशित : २०७७ जेठ ६ गते ९:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI