नेपालमा थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०२ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ६ गते १६:३४
नेपालमा थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं- नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी २७ कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयकाअनुसार आज २४ जना पुरुष र ३ जना संक्रमित थपिएका हुन् ।

आज पुष्टि भएका कोरोना संक्रमितहरु झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २, भक्तपुरका २, काठमाडौंका ३ समेत रहेका छन् । साथै, नवलपरासी, मकवानपुर, रामेछाप, सिन्धुली र लमजुङका एक/एक जना तथा कपिलवुस्तका चार जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको डा देवकोटाले जानकारी दिए। ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन्।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ३७ जना उपचारपछि निको भएका छन्। डा देवकोटाका अनुसार झापाका १ जना संक्रमित आज डिस्चार्ज भएका हुन्। उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए।

प्रकाशित : २०७७ जेठ ६ गते १६:३४
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI