गैंडाकोटका मेयरकै नेतृत्वमा खेतान समुहको ३८ बिगाहा जग्गा कब्जा

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ६ गते १८:१५
गैंडाकोटका मेयरकै नेतृत्वमा खेतान समुहको ३८ बिगाहा जग्गा कब्जा

नारायण शर्मा- नवलपरासीको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलको नेतृत्वमा खेतान समुहको ३८ बिगाह जग्गा कब्जा गरिएको छ । खेतान समुहले बागवानी फर्म दर्ता गरेर २९ वर्षअघिदेखि आँप र लिची फर्म बनाएको जग्गा खेतानको समुहको सहमती बिनै आफु खुशी खेती गर्ने निर्णय भएको हो । आज बिहान गैंडाकोट नगरपालिका वडा नम्बर १७ मा भएको भेलाले स्थानीय सूरज रेग्मीको संयोजकत्वमा सोही वडामा भएको जग्गा प्रयोग गर्ने समिति बनाइएको थियो । रेग्मीले आफनो संयोजकत्वमा ७ सदस्य रहेको समिति बनेको बताउनुभयो । गत वर्षपनि मेयरकै नेतृत्वमा सो जग्गा कब्जा गरेर ब्यक्ती लाई बांडने काम भएकोमा प्रहरीले हस्तक्षेप गरेर रोकेको थियो । मेयर छत्रराज पौडेलले ब्यक्तिको जग्गा भएपनि आफनो नगरपालिका भित्र रहेकाले खेती गर्न खेतान समुहको स्विकृति नचाहिने दावी गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष तथा स्थानीय बासिन्दा ठाकुरप्रसाद पाण्डेले ब्यक्तिको बागवानी फर्म रहेको जग्गा उस्को सहमती बिना कब्जा गर्न वा खेतीगर्न हुदैन भनेर फरक मत राखेको बताउनुभयो । त्यहाँ ३८ बिगाह जग्गा नेपालका औद्योगिक घराना खेतान समुहको हो । त्यसका संस्थापक मोहन गोपाल खेतानले ४५ साल तिर सो जग्गा किनेर कृषि फर्म शुरु गर्नुभएको थियो । त्यहा हिमालयन एग्रो फर्मका नामवाट बागवानी गर्दा तारबार सहित फलफुलका बिरुवा रोपिएको छ । 

प्रकाशित : २०७७ जेठ ६ गते १८:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI