No ads found for this position

धौबादी फलाम खानीको फाईदा अर्को सरकारले लिन्छ भन्नू धारणा गलत : प्रधानमन्त्री ओलि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ६ गते १८:३१
No ads found for this position
धौबादी फलाम खानीको फाईदा अर्को सरकारले लिन्छ भन्नू धारणा गलत : प्रधानमन्त्री ओलि
No ads found for this position

६ जेठ । प्रधानमन्त्री केपि शर्मा वलीले अहिलेको सरकारले आफ्नो लागी फाइदा नहेरेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिँदै गर्दा प्रधानमन्त्री ओलीले अहिले गरेका बिकासका कार्यले पछिको सरकारलाई फाइदा होला भन्ने बुद्धि अहिलेको सरकारको नभएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले उदाहरणका लागी नवलपरासी (पूर्व)को धौवादीमा रहेको फलाम खानीको उदाहरण दिँदै भने, ‘धौबादीमा रहेको फलाम खानी सन्चालन गर्न दुई तीन बर्ष लाग्छ त्यो बेलासम्म अर्को सरकार आउँदा, अर्को सरकारले लाभ लिन्छ भन्ने बुद्धि भएको सरकार अहिलेको होइन ।’

प्रधानमन्त्री ओलीले निति तथा कार्यक्रममा घोषणा गरिएका बिकासका काम तोकिएको समयमै गरिने जानकारी गराए । राष्ट्रपति बिद्यादेवी भण्डारीले पूर्वि नवलपरासी को धौवादीमा रहेको फलाम खानी एकबर्ष भित्रमा सन्चालनमा आउने घोषणा गरेकी थिइन् ।

प्रकाशित : २०७७ जेठ ६ गते १८:३१
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI