नवलपुरका पत्रकारको भोलिदेखि कोरोना परिक्षण हुन्छ : महासंघ

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ६ गते २१:२२
नवलपुरका पत्रकारको भोलिदेखि कोरोना परिक्षण हुन्छ : महासंघ

नवलपुर जिल्लामा क्रियाशिल पत्रकारहरुको कोरोना परिक्षण भोलि देखि हुने भएको छ । नेपाल पत्रकार महासंघ नवलपुरले मंगलबार उक प्रेस बिज्ञप्ति प्रकाशित गर्दे फिल्डमा खट्ने पत्रकारहरुको कोरोना परिक्षण भोलिबाट हुने जानकारी दिएको हो ।


महासंघका अध्यक्ष होमराज रानाभाटले जारी गरेको बिज्ञप्तिमा भनिएको छ,“ नवलपुरमा रहेका र क्रियाशील पत्रकारहरुको भोली देखि चरणबद्ध रुपमा कोरोना परिक्षण हुने पनि जानकारी गराउँदछु र पत्रकार साथीहरु को जिल्ला भित्रको पासको ब्यबस्था पनि भोली देखि नै हुने जानकारी गराउन चाहान्छु ।”

महासंघले महामारकिा बेलामा प्रेसको नाममा हुने दुरुपयोग रोक्न र सरकारले जारी गरेको लकडाउनको पालना गर्ने दायित्व पत्रकारहरुको रहेको स्मरण गराउँदै जिम्मेवार बन्न पनि आग्रह गरेको छ । “महासंघमा आबद्ध र महासंघ भन्दा पनि बाहिर धेरै पत्रकारहरु साथीहरु क्रियाशील हुनुहुन्छ र महासंघकै अगुवाईमा हामी क्रियाशील पत्रकारको कोराना परिक्षण र पासको उपलब्धता गराउने छौं र कोरोना परिक्षण पछि आउने परिणामलाई ध्यान दिएर थप अरु के के गर्न सकिन्छ त्यसमा पनि सबै पत्रकारहरुको राय सुझाब लिएर अघि बढ्ने प्रतिबद्धता पनि जाहेर गर्दछौं ।”

बिज्ञप्तिमा भनिएको छ । महासंघले सुरक्षीत भएर रिपोटिङ्ग गर्न र सकभर घरबाटनै प्रविधिको प्रयोग गरि काम गर्न समेत अपिल गरेको छ ।

प्रकाशित : २०७७ जेठ ६ गते २१:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI