No ads found for this position

अनेरास्ववियु अरुणखोला बहुमुखी क्याम्पस कमिटीद्वारा राहत वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ६ गते २२:००
No ads found for this position
अनेरास्ववियु अरुणखोला बहुमुखी क्याम्पस कमिटीद्वारा राहत वितरण
No ads found for this position

नवलपुर – कोरोना भाईरस (Covid -19) को महामारीको अवस्थामा मध्यविन्दु नगरक्षेत्र भित्र रहेका अति बिपन्न तथा असंगठित मजदुरहरुलाई राहत प्रदान गर्ने मध्यबिन्दु नगरपालिकाको अभियानसङ्ग सहकार्य गर्दै अरुणखोला बहुमुखी क्याम्पस अनेरास्ववियु कमीटीले आज राहत बितरण गरेको छ । मध्यबिन्दु न.पा.-१२ स्थित अती विपन्न, सुकुम्बासी, मुसहर समुदाय सहितका ३५ परीवारलाई खाद्यान्न (चामल, दाल, नुन) सहित साबुन प्रदान गरेको हो ।


मध्यविन्दु नगर क्षेत्र भित्र रहेका अति बिपन्नलाई खाद्यान्न अभाबका कारण दैनिकी चलाउन बाधा नपुगोस भनी राहत बितरणमा जुटेको र राहत बितरणको अभियान जारी रहने अरुणखोला बहुमुखी क्याम्पस अनेरास्ववियु कमीटीका संयोजक हरी प्रसाद खरेल(सुबास) ले जानकारी दिए। उनिहरुले निकट भबिस्यमा नेपाल खाद्यान्न अभावको बिकराल अवस्थाबाट गुज्रन सक्ने हुनाले भोकमरीबाट बच्न कृषीजन्य उत्पादनमा जोड दिन आवहान गरेका थिए ।

प्रकाशित : २०७७ जेठ ६ गते २२:००
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI