देवचुली-२ शिल गरियो:एक हप्ता बसेकी थिईन संक्रमित महिला माईत,

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ७ गते ७:५७
देवचुली-२ शिल गरियो:एक हप्ता बसेकी थिईन संक्रमित महिला माईत,

नवलपरासी — काठमाडौंमा मंगलबार कोरोना पुष्टि भएकी महिलाको देवचुली नगरपालिका –२ स्थित माइती गाउँ सिल गरिएको छ । उनी पतिसँग मोटरसाइकलमा काठमाडौंबाट भैरहवास्थित घरमा ओहोरदोहोर गरेको र त्यस क्रममा माइती गाउँ पनि गएको खुलेको हो । २४ वर्षीया उनको काठमाडौं, सतुंगलस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ । पतिपत्नी नै काठमाडौंमा जागिरे रहेका उनीहरू वैशाख दोस्रो साता भैरहवा गएका थिए । त्यहाँबाट वैशाख १९ मा माइतीमा आएर १० दिन बसेका थिए । माइतीबाट वैशाख २९ गते मोटरसाइकलमै काठमाडौं गएका हुन् । महिलाको माइतीमा ५ जना छन् ।
काठमाडौंमा घरबेटीले कोरोना परीक्षण नगरी घरभित्र पस्न नदिने अडान लिएपछि जँचाउन जाँदा पत्नीमा संक्रमण देखिएको हो । पतिको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रहरीले बुधबार बिहान ती महिलाको माइतीघरसहित आसपासको क्षेत्र सिल गरेको छ । त्यहाँका २०–२२ घरपरिवारलाई बाहिर ननिस्कन भनिएको छ । स्वास्थ्यकर्मीले स्थानीयको स्वाब संकलन गरेर भरतपुरस्थित प्रयोगशालामा पठाएका छन् ।

प्रकाशित : २०७७ जेठ ७ गते ७:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI