उपत्यका प्रवेश गर्ने नाकाहरू सिल गर्न आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ७ गते ९:१५
उपत्यका प्रवेश गर्ने नाकाहरू सिल गर्न आग्रह

काठमाडौँ महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकाहरू सिलबन्दी गर्न सरकारसँग आग्रह गरेको छ।

महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका बन्द गर्न सङ्घीय सरकारसँग माग गरेको हो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले मङ्गलबार विज्ञप्ति जारी गर्दै बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो। विज्ञप्तिमा ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको अवधिमा उपत्यका प्रवेश गर्ने नाकाबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोगको गुनासो गर्दै यस्तो निर्णय गरिएको’ उल्लेख छ ।
कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र लेख्ने निर्णय भएको जनाइएको छ ।  

प्रकाशित : २०७७ जेठ ७ गते ९:१५
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI