No ads found for this position

गुल्मीमा लकडाउनयता १६ जनाले गरे आत्महत्या

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ७ गते ९:२५
No ads found for this position
गुल्मीमा लकडाउनयता १६ जनाले गरे आत्महत्या
No ads found for this position

गुल्मीमा लकडाउन जारी भएपछि १६ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीले लकडाउन शुरु भएपछि अहिलेसम्मको अवधिमा १६ जनाले आत्महत्या गरेको जनाएको छ । 

जसमा पाँच पुरुष, तीन महिला र चार बालिकाले झुण्डिएर आत्महत्या गरेका छन्।  दुई पुरुष र एक बालकले बिष सेवन गरेका छन् भने एक पुरुषले पानी ट्याङकीमा डुवेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए। 

गुल्मीको धुर्कोट गाउँपालिका-२ पिपलधाराका ८० बर्षीय बृद्ध कर्ण बहादुर वस्नेतले शनिबार मुसा मार्ने बिष सेवन गरेर आत्महत्या गरेका छन् । जिवनको उत्तरार्द्धमा पुगेका व्यक्तिले किन आत्महत्या गरे केहि खुलेको छैन। 

कालिगण्डकी गाउँपालिका-५ फोक्सिङ्गका ७० वर्षीय ओम बहादुर र उनकी श्रीमती ६९ वर्षीया खिमकला सार्कीले नयाँ बर्षकै दिन एउटै पासोमा झुण्डिएर आत्महत्या गरे । त्यो पीडाले एक छोरा र तीन छोरीको परिवार अहिलेसम्म बिक्षिप्त छन् । सामान्य अवस्थामा जिविकोपार्जन गरिरहेका दम्पतिले यसरी आत्महत्या गर्नुको कुनै कारण खुलेको छैन। 

गत शुक्रबार मदाने गाउँपालिका-२ बाँझकटेरीका २३ वर्षीय लिला बहादुर झाँक्रीले पनि रुखमा झुण्डिएर आत्महत्या गरे । परिवारका अनुसार उनले आत्महत्या गर्नुको कुनै कारण खुलेको छैन ।  नयाँपत्रिकाबाट

प्रकाशित : २०७७ जेठ ७ गते ९:२५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI