No ads found for this position

विश्वभर ४९ लाख ८८ हजारमा कोरोना संक्रमण, मृतकको संख्या ३ लाख २४ हजार बढी

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ७ गते १०:१५
No ads found for this position
विश्वभर ४९ लाख ८८ हजारमा कोरोना संक्रमण, मृतकको संख्या ३ लाख २४ हजार बढी
No ads found for this position

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४९ लाख ८८ हजार ९ सय ३३ पुगेको छ। समाचार तयार गर्दासम्म वर्ल्डोमिटरले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १५ लाख ७० हजार ५ सय ८३ मा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, रुसमा २ लाख ९९ हजार ९ सय ४१, ब्राजिलमा २ लाख ७१ हजार ८ सय ८५, बेलायतमा २ लाख ४८ हजार ८ सय १८, स्पेनमा २ लाख ७८ हजार ८ सय ३, इटालीमा २ लाख २६ हजार ६ सय ९९ लाई कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख २४ हजार ९ सय ५८ को कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९३ हजार ५ सय 33 को मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३५ हजार ३ सय ४१, इटालीमा ३२ हजार १ सय ६९, फ्रान्समा २८ हजार २२, स्पेनमा २७ हजार ७ सय ७८, ब्राजिलमा १७ हजार ९ सय ८३, बेल्जियममा ९ हजार १ सय ८ को मृत्यु भइसकेको छ।

त्यस्तै, विश्वभर १९ लाख ५९ हजार १ सय ४९ कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका भएका छन्।

नेपालमा ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार ललितपुर र सिन्धुलीमा पनि संक्रमण पुष्टि भएसँगै नेपालका ३६ जिल्लामा संक्रमण देखिएको छ।

संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ। त्यस्तै, ३७ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्।

प्रकाशित : २०७७ जेठ ७ गते १०:१५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI