No ads found for this position

देवचुली अपडेट : पाँचवटा वडा शिल, संक्रमितको सम्पर्कमा आएकाको परिक्षण सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ७ गते १३:५९
No ads found for this position
देवचुली अपडेट : पाँचवटा वडा शिल, संक्रमितको सम्पर्कमा आएकाको परिक्षण सुरु
No ads found for this position

नवलपुर । देवचुली नगरपालिका वडा नं २ माईती भएकी महिलामा कोरोना संक्रमण देखिए पछि नगरपालिकाका पाँच वटा वडा जेठ ११ गते सम्म लागु हुने गरि सिल गरिएको छ । जिल्ला प्रसासन कार्यालय पुर्वी नवलपरासीले सुचना जारी गर्दै वडा नं १, २ ,३,४ र ५ सिल गरिएको जानकारी दिएको छ । यी वडा भित्रका पूर्व पश्चिम राजमार्ग बाहेकका क्षेत्रमा मानिसहरुको आवत जावत लगायतका गतिविधी पूर्ण रुपमा रोक लगाईएको सूचनामा जनाईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका अनुसार काठमाडौंमा परिक्षण गर्दा संक्रमित पुष्टि भएकी २४ वर्षिया महिलाको माईति देवचुली नगरपालिका वडा नम्बर २ मा रहेको र उहाँ गत बैशाख १९ गतेदेखी माईति घर देवचुली नगरपालिका वडा नम्बर २ मा आई २९ गतेसम्म सोही ठाउँमा रहेको उल्लेख गरिएको छ ।

संक्रमित महिलाको माइती घर नजिकै रहेको चौधरी उद्योग पनि पाँच दिनको लागि शिल गरिएको छ । चौधरी उद्योगका महाप्रबन्धक रामकाजी सिटौलीले बुधबार एक विज्ञप्ति जारी गर्दै उद्योग पाँच दिन शिल गर्न निर्देशन भए बमोजिम शिल गरिएको जानकारी दिएका छन ।

यसै बिच संक्रमण पुष्टि भएकी २४ बर्षकी महिला आफ्नो माईती घरमा १० दिन बसेको खुलासा भएपछि आज बिहानै सो ठाउँलाई सिल गरी सम्पर्कमा रहेका परिवार सहितका १२ जनालाईस्वास्थ्यकर्मीले सम्पर्कमा लिई गरिएको  परीक्षणमा संक्रमितको आमा र बहिनीको आरडीटी परिक्षण गर्दा नेगेटिभ रहेको नगर स्वास्थ्य शाखा देबचुलीले जनाएको छ ।

 आरडीटी नेगेटिभ रहेपनि आमा र बहिनी सहित परिवारका ८ जनाकै र अन्य संभावित नजिकका छिमेकी ४ जना गरी १२ जनाको पिसीआर मार्फत स्वाव परीक्षणका लागी स्वाबको नमूना संकलन गरी परिक्षणका लागी  कोरोना परीक्षण प्रयोगशाला भरतपुर पठाईएको स्वास्थ्य शाखा देबचुलीले जनाएको छ । 

र यो पनि हेर्नुहोस ।

प्रकाशित : २०७७ जेठ ७ गते १३:५९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI