गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, मृत्युको हल्लामात्रै (अस्पतालको विज्ञप्तिसहित)

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ७ गते १४:३१
गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, मृत्युको हल्लामात्रै (अस्पतालको विज्ञप्तिसहित)
corona

काठमाडौं । गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ ।केही सञ्चारमाध्यममा उनको मृत्यु भएको भन्दै समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनको आईसीयू कक्षमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको एक विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

अस्पतालले गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर अस्पतालमा आएपछि उपचार भइरहेको विज्ञप्तिमा जनाएको छ ।

सोही क्रममा कोरोनाको आशंकामा वैशाख २ गते प्रादेशिक जनस्वास्थ्य प्रशोगशालामा नमुना पठाइएकोमा उनमा जेठ ५ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो । त्यसपश्चात उनको अवस्थाबारे निरन्तर भ्रामक समाचार आएको भन्दै अस्पतालले त्यस्ता समाचारको पछि नलाग्न अपिल गरेको छ ।  

रातो पाटी बाट

र यो पनि हेर्नुहोस ।

प्रकाशित : २०७७ जेठ ७ गते १४:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI