No ads found for this position

२ जना संक्रमित भेटिएपछि देबचुली नगरपालिकाका ५ वटा वडामा आवत जावत गर्न प्रतिबन्ध ।

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ७ गते १७:०२
No ads found for this position
No ads found for this position

नवलपुर टाईम्स सम्बाददाता ।
नवलपरासी

पुर्वी नवलपरासीको देबचुली नगरपालिकामा एक युवती सहित २ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले त्यहाका ५ वटा वडा सिल गरेको छ ।


बुधवार साविकको दिब्यपुरी गाबिस पुरै सिल गरिएको हो । देबचुली नगरपालिका वडा नम्बर २ दुम्कौलीकी २४ वर्षिय युवति र १२ नम्बर वडाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि देबचुली नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मका सबै वडा सिल गरिएको हो ।
पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ५ दिनकालागि ति सबै वडा सिल गरेर बाहिर निस्कन नपाउने ब्यबस्था गरिएको जानकारी दिए ।

त्यसकालागि प्रहरी खटाइएर सर्बसाधारणलाई घरवाट ननिस्कन उर्दि जारी गरिएको छ । बुधवार बिहान देखि ति वडाका सबै ३६ वटा गाउ(टोल) सिल गरिएको हो । बुधवार नै संक्रमित महिला बसेको माइती गाउका १२ जनाको स्वाब निकालीएको छ । कसैको पनि पोजेटिभ देखिएमा सिल अबधि लम्बिने घिमिरेले जानकारी दिए । ति वडाका सबै घर,पसल, कालकारखाना,होटल,उद्योग, सिल गरिएको हो । बुधवार कोरोना परिक्षणकालागि पठाइएको स्वाबमा कसैलाई संक्रमण देखिएमा नगरपालिका सबै नागरिकको कोरोना परिक्षण गर्न आबस्यक हुन्छ ।

देबुचुली माइती भएकी ति महिलाको घर बुटवल हो । उनि गत बैशाख १९ गते माइति घर बसेर २९ गते मोटरसाइकलमा काठमाण्डौ गएकि थिइन । उनको काठमाण्डौको सतुंगलमा रहेको नेपाल एपीएफ अस्पताल ( शशस्त्र प्रहरी अस्पताल) मा उपचार भैरहेको छ । 

यस अघि भारतको कलकत्तावाट आएका देबचुली १२ का एक ५० वर्षका पुरुषमा ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुरमा उपचारको क्रममा रहेका छन । भारतवाट आउदा आउदै बाटैमा पर्ने भरतपुर कोरोना प्रयोगशालामा उनको परिक्षण भएको हो । उनि घरमा आएका छैनन ।

प्रकाशित : २०७७ जेठ ७ गते १७:०२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI