हवाई उडान जेठ मसान्तसम्मका लागि बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ८ गते ६:१६
हवाई उडान जेठ मसान्तसम्मका लागि बन्द

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण बन्द गरेको हवाई उडान आउँदो जेठ मसान्तसम्मका लागि लम्ब्याएको छ । 

कोरोना भाइरस रोकथाम, नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बुधबारको बैठकले हवाई उडान बन्द जारी राख्ने निर्णय गरेको हो ।

सरकारले लकडाउनको अवधि जेठ २० सम्म लम्ब्याउने निर्णय यसअघि नै गरिसकेको छ । पटक–पटक समय थप्दै उडान बन्दको अवधि पनि बढाइएको हो ।

प्रकाशित : २०७७ जेठ ८ गते ६:१६
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI