No ads found for this position

टोखा नगरपालिकाका पूर्वकार्यकारी अधिकृत अर्यालविरुद्ध १७ करोडको भ्रष्टाचार मुद्दा

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ८ गते ६:२६
No ads found for this position
टोखा नगरपालिकाका पूर्वकार्यकारी अधिकृत अर्यालविरुद्ध १७ करोडको भ्रष्टाचार मुद्दा
No ads found for this position

गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिकाका पूर्वकार्यकारी अधिकृत ऋषिराम अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अर्यालविरुद्ध १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको हो । 

२०३९ साल साउन १ गते जिल्ला विकास समिति स्याङ्जामा गाविस सचिवको रुपमा सुब्बाबाट सेवा प्रवेश गरेका अर्याल अधिकृत भएर अवकाश भएका थिए । अवकाशअघि उनी भीमढुंगा गाविस, टोखा नगरपालिका लगायतका स्थानीय तहमा प्रशासनिक प्रमुखको रुपमा काम गरेका थिए ।

अख्तियारको दाबीअनुसार, उनी जहाँ गाविस सचिव वा नगरपालिकामा काम गरेका थिए, त्यही नै जग्गा जमिन जोडेका थिए । उनी धापासी, टोखा, भिमढुंगा गाविसमा सचिवको रुपमा काम गरेका थिए । अख्तियारले उनीसहित श्रीमती लक्ष्मीदेवी उपाध्याय, छोराहरु सुशील अर्याल, सुनिल अर्याललाई पनि प्रतिवादी बनाएको छ ।

उनले आफ्नो र श्रीमतीको खातामा अनि शेयरमा मात्रै ९ करोड १३ लाख रुपैयाँ जोडेको भेटिएको छ । छोराछोरीको पढाईमा २० लाख खर्च गरेका उनले विवाहमा २८ लाख खर्च गरेको स्वीकारेका छन् । दुईवटा फर्ममा उनको ४ करोड ४२ लाख रुपैयाँ लगानी भेटिएको छ । करिब साढे ४ करोड रुपैयाँ सापटी दिएको भेटिएको छ । करिब २६ करोड ६० लाख आर्जन गरेका उनको १७ करोड ८३ लाख रुपैयाँ बाहेकको ८ करोड ७७ लाख आम्दानी भने स्रोत खुलेको मानिएको अख्तियारले जनाएको छ । ईकान्तिपुर डटकमबाट

प्रकाशित : २०७७ जेठ ८ गते ६:२६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI