No ads found for this position

उपत्यकाका सबै नाका सिल गर्न गृह मन्त्रालयको परिपत्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ८ गते १४:१९
No ads found for this position
उपत्यकाका सबै नाका सिल गर्न गृह मन्त्रालयको परिपत्र
No ads found for this position

काठमाडौँ उपत्यकाका सबै नाका सिल गर्न गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहबाट उपत्यका प्रवेशको आवागमनको स्रोत नै रोक्ने निर्णय गरेको हो ।

जेठ १ गते गृहमन्त्री थापाको अध्यक्षतामा बसेको बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, लतिलपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गृहसचिव, काठमाडौँ उपत्यकाका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, उपत्यका नाका भएका स्थानीय तहका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

बैठकले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेहरूको सङ्ख्या वृद्धी हुँदा काठमाडौँमा जोखिम बढेकाले अत्यावश्यक काममा बाहेक काठमाडौँ उपत्यका प्रवेश निषेध गर्ने, उपत्यका प्रवेश गर्ने नाका सिल गर्ने र लुकिछिपी प्रवेश गर्न नदिने, नाका प्रवेश गर्ने स्थानीय तहहरूले त्यहाँ रहेका होटल, सामुदायिक भवनहरूलाई क्वारेनटाइन बनाउने, सशुल्क क्वारेनटाइनमा बस्ने व्यवस्था गर्ने, उपत्यका प्रवेश गर्नेले अनिवार्य रुपमा आरडिटी परीक्षणको रिपाेर्ट बुझाउनुपर्ने लगायतका आठ वटा निर्णय गरेकाे हो ।

प्रकाशित : २०७७ जेठ ८ गते १४:१९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI