No ads found for this position

कोरोना अपडेट: बितेको २४ घण्टामा ब्राजिलमा ११ सय बढिको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ९ गते ६:४८
No ads found for this position
कोरोना अपडेट:  बितेको २४ घण्टामा ब्राजिलमा ११ सय बढिको मृत्यु
No ads found for this position

कोरोना भाईरसका कारण विश्वभर ३ लाख ३४ हजार ९०२ जनाको मृत्यु भईसकेको छ भने ५१ लाख ८९ हजार ४८८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २० लाख ७८ हजार ५६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण बितेको २४ घण्टामा १ हजार १५३ जनाको मृत्यु भएको छ भने १६ हजार ७३० जनालाई संक्रमण भएको छ ।

त्यहाँ अहिलेसम्म २० हजार ४७ जनाको मृत्यु भईसकेको छ भने ३ लाख १० हजार ८७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ लाख २५ हजार ९६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ।

प्रकाशित : २०७७ जेठ ९ गते ६:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI