No ads found for this position

तीन हजार नेपालको नयाँ नक्सा छाप्न प्रेसमा पठाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ९ गते ६:५६
No ads found for this position
तीन हजार नेपालको नयाँ नक्सा छाप्न प्रेसमा पठाईयो
No ads found for this position

नापी विभागले ३ हजार थान नेपालको नयाँ नक्सा प्रकाशन गर्ने भएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बुधबार सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा मुलुकभरका सरकारी कार्यालयलाई नि:शुल्क उपलब्ध गराइने विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । ‘बिहीबार प्राविधिक र भाषा सम्पादन टोली बसी प्रशासनिक नापनक्साको स्वरुपलाई अन्तिम रुप दिएर प्रेसमा पठाएका छौं,’ उनले भने ।

सरकारले बुधबार नयाँ नक्सा सार्वजनिक गरेपछि विभागले चितवनमा रहेका कर्मचारीलाई नक्सा छाप्न राजधानी बोलाएको थियो । ढकालका अनुसार शनिबारसम्म ३ हजार प्रति नक्सा छाप्ने तयारी छ ।

त्यसपछि साधनस्रोत र जनशक्ति जुटाएर ५० हजार प्रति छापिने उनले बताए । राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालय, मन्त्रालय, विभाग, अन्य कार्यालय, सुरक्षा निकाय, गाउँ तथा नगरपालिका तथा वडा कार्यालयसम्म नक्सा नि:शुल्क उपलव्ध गराइने उनले बताए । ‘तत्काल स्थानीय पालिका कार्यालयसम्म नक्सा प्रयोगमा ल्याउने गरी उपलव्ध गराइने छ, लकडाउन खुलेपछि भने देशभरका स्थानीय तहअन्तर्गतका वडा कार्यालयसम्म नै निशुल्क उपलव्ध गराउने गरी काम थालेका छौं,’ ढकालले कान्तिपुरसँग भने, ‘आमनागरिक, निजी संघसंस्थाका लागि माग र आवश्यकताअनुसार विभागले नै छापेर बजारमा पठाउने छ, लागेको न्युनतम मूल्य कायम हुने छ ।’

प्रकाशित : २०७७ जेठ ९ गते ६:५६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI