साउदी अरबमा १ हजार १६४ नेपालीमा कोरोना संक्रमण, ७ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ९ गते ७:०४
साउदी अरबमा १ हजार १६४ नेपालीमा कोरोना संक्रमण, ७ जनाको मृत्यु

साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या एक हजार सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन् । सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन् ।

राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ नेपाली सङ्क्रमित भएका छन् ।

जेद्दा क्षेत्रमा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जनामा सङ्क्रमण देखिएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित : २०७७ जेठ ९ गते ७:०४
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI