No ads found for this position

नवलपुरमा एक सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ९ गते ९:३४
No ads found for this position
No ads found for this position

९ जेठ, काठमाडौं । नवलपुरका विनयी त्रिवेणि -६ निवासी ४५ वर्षिय पुरुष सहित शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सहित नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका हुन्।

शुक्रवार संक्रमण पुष्टि हुने बिनयी त्रिवेणि वडा नं ६ का ४५ वर्षीय पुरुष जेठ १ गते भारतको गुजरातबाट नेपाल प्रवेश गरी सुस्ताको बोधीनगरमा रहेको क्वारेनटाइनमा २ दिन बसेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुले जनाएको छ । बोधीनगर क्वारेनटाइनबाट जेठ ३ गते एम्बुलेन्समा आएर सोही वडाको क्वारेनटाइनमा बस्नुभएको थियो । जेठ ६ गते बेलुका उहाँको ज्वरो आएपछि जेठ ७ गते क्वारेनटाइन स्थलबाट एम्बुलेन्समा आएर चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा उपचाररत रहनुभएको छ ।


आज विहान रिपोर्ट पोजेटिभ आउनासाथ उहाँलाई आज विहान ४ बजेर ३० मिनेटमा भरतपुर कोरोना विशेष अस्पतालमा पठाइएको हो । उहाँको अवस्था अहिले सामान्य रहेको छ । अहिले उक्त संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने र स्वाव संकलन गरी परीक्षणको लागि पठाउने काम सुरु भएको छ । यो सँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ ९ गते ९:३४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI