No ads found for this position

आईसोलेसनमा रहेका बिरामीमा कोरोना पुष्टि पछि चोरमारामा त्रास, त्रसित नहुन नगरप्रमुखको अपिल

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ९ गते १५:२२
No ads found for this position
आईसोलेसनमा रहेका बिरामीमा कोरोना पुष्टि पछि चोरमारामा त्रास, त्रसित नहुन नगरप्रमुखको अपिल
No ads found for this position

चोरमारा/ जेठ ९
मध्यविन्दु नगरपालिकाको चोरमारामा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएका विनयी त्रिवेणि-६ बस्ने ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भए लगत्तै चोरमारा बजार आसपास सुरक्षा सतर्कता अपनाउन थालिएको छ ।

भारतबाट आएर विनयी त्रिवेणि गाउँ पालिकाको क्वारेन्टाइनमा रहेका ४५ वर्षिय पुरुषलाई स्वास्थ्यमा समस्या आए पछि बुधबार साझ चोरमारा स्थित प्राथामिक स्वास्थ केन्द्र चोरमारामा राखिएको थियो ।

बिहिबार उनको रिपोर्ट पोजेटिभ देखिए पछि चोरमारा क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ । चोरमारा बजार आसपास हिडडुलमा कडाई गरिएको छ भने स्थानीय त्रसित बनेका छ्न ।

यसै बिच चोरमारामा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रले संक्रमण पुष्टि भएका व्यक्ती जेठ ७ देखि जेठ ९ सम्म चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको र कोरोना पुष्टि भए लगत्तै उनलाई थप उपचारको लागि शुक्रवार बिहान ४:३० बजे नै भरतपुर स्थित कोरोना अस्पताल पठाईएको जनाएको छ । स्वास्थ्य केन्द्रले अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सम्पुर्ण सेवा हरु बन्द गरिएको जनाएको छ ।

त्यस्तै मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले स्थानीयमा त्रास फैलिए पछि त्रसित नहुन अपिल गरेका छ्न । संक्रमित व्यक्तिलाई आवतजावत गर्न गराउन सुरक्षित रुपमा एम्बुलेन्सको प्रयोग भएको, चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि रेस्क्यु टीम बाहेक अरु सङ्ग संक्रमितको सम्पर्क नभएको, संक्रमितको स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले बाहिर हल्ला भए जस्तो गम्भिर वातावरण नरहेको भन्दै नगरबासिलाई त्रसित नहुन नगरप्रमुख रानाले आग्रह गरेका छ्न ।

त्यस्तै उनले उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वास्थ्य परिक्षणको तयारी गरिको, संक्रमितको सम्पर्कमा आएका सबैलाई सम्पर्क गर्ने र खोजी गर्ने काम भइरहेको र चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र एक हप्ता पूर्ण सिल गरिएका बताउदै घरमै सुरक्षित बस्नका लागि आग्रह गरेका छ्न ।

बजार हल्लालाई आधारमानी भयभित, सशंकित र त्रसित नहुनका लागि अनुरोध गर्दै नगरप्रमुख रानाले आगमी दिनमा अझै सचेत, चनाखो साथै लकडाउनको पूर्ण पालना गर्नका लागि समेत अनुरोध गरेका छ्न । साथै उनले यस्तो विषम परिस्थितिमा पनि दिनरात खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मिप्रती आभार प्रकट गरेका छन।

प्रकाशित : २०७७ जेठ ९ गते १५:२२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI