काठमाडौं – नेपालमा थप २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लाका थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज बिहान ३० र दिउसो २० गरी ४९ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या नेपालमा ५०७ पुगेको छ।
संक्रमितमध्ये नेपालमा हालसम्म ३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या ७० पुगेको छ।
नेपालमा हालसम्म पिसिआर ४२ हजार ४ सय ८८ जनाको परीक्षण गरिएको छ। २४ घन्टामा ३ हजार ८ सय भन्दा बढीको पिसिआर परीक्षण भएको छ।
प्रकाशित : २०७७ जेठ ९ गते १६:३०
No ads found for this position
Facebook Comment