कोरोनालाई जितेका नवलपुरका निराजनको अनुभव – “कोरोना सँग लडेको त्यो २५ दिन”

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ९ गते १७:००

युएई । कोरोना भाइरसले विश्वव्यापी रुपमा आक्रान्त बनाईरहेको अवस्थामा विभिन्न डर त्रासका विचमा पनि कोभिड १९ ले मलाई अप्रील २८ देखि विस्तारै मेरो शरिरमा केहि लक्षण हरु देखाएको थियो। सामान्य ज्वरो र खोकी आएकोले म त्यो दिन डिउटी नगएर रुममै विश्राम लिए । त्यो दिनको टाउको दुखाई अन्य बेलाको दुखाई भन्दा निकै भिन्नै थियो । ज्वरो सहितको त्यो दुखाई कम गर्नका निम्ती मैले २ गोली सिटामोल एकै पटक खाए र सुते ।

भोलिपल्ट विहान शरिर दुख्ने लक्षण पनि थपियो र मलाई कोरोनाले झनै आक्रामण गरेको रहेछ त्यो मैले अनुभव गरे ।त्यसपछि मैले कम्पनी सुपरभाइजरलाई जानकारी गराई छुट्टै एक रुममा म एक्लै करिब ४ दिन बसे ।

त्यो दौरानमा मैले तातो पानी करिव ४-५ लिटर पिए साथै पर्याप्त मात्रामा अदुवा , कागती सुन्तला , बेसारपानी , भिटामिन सि 1 ग्राम दिनमा २ पटक खाए । मलाई कोरोनाले आक्रमण गरिसकेको त्यो अवस्थामा अन्य खानाहरु पटक्कै स्वाद नलाग्ने , गन्ध थाहा नपाउने भएको हुदा खाने रुचि नहुदा नहुदै पनि मैले खाना बिह्नान साझ खाइरहेको थिए ।

१ मे बिहानै अर्को स्टेशन मा काम गर्ने नेपाली साथीको कोभिड पोजिटिव देखिएर कम्पनिको आइसोलेसन क्याम्पमा पुगेको खबरले दुखी बनाएको थियो र त्यहि दिन राति मैले त्यो साथीलाई फोन गरे , उस्को सल्लाह अनुसार भोलिपल्ट विहान सङै काम गर्ने नेपाली दाजु र म भएर हस्पिटल गयौ र औसधी लिएर हाम्रो कम्पनीको हेल्थ केयर सेन्टरमा गएर हामि दुबैले kovid -19 टेस्ट गर्यौ र औषधि लिएर फर्कियौ। मलाई त्यो दिन बिहान देखि फुक्का खोकी (dry cough ) ले सताउन सुरु गरेको थियो ।

भोलिपल्ट मे ३ तारिकको दिउसो करिव १ बजे कम्पनीको मेडिकल टिमबाट कल आएर मलाई कोभिड पोजिटिव जानकारी भयो । विड्म्बना हामी दुबैजनाको पोजिटिव देखियो रिजल्ट । जव त्यो नतिजा मेरो कानमा पर्यो म झस्याङ भए र डराएको अनुभव भयो । यो अवस्थामा मैले आफुले आफुलाई दर्हो मन गरेर सम्हाले । त्यसै दिनको साझ हामिलाई कम्पनीले बनाएको पोजिटिव क्याम्पमा लग्यो ।

जब हामि त्यहा पुग्यौं तब हामि जस्ता सयौ कोरोनाका विरामी देख्यौ र केही नेपाली दाजुभाईहरु पनि भेटयौ । मलाई एक प्रकारको हौसला मिल्यो किनकि त्यहा दैनिक ५०-६० को दरले निको भएर मानिसहरु घर फर्किरहेका थिए । उक्त अवधिमा हामिलाई पौस्टिक युक्त खाना दिनको ३ पटक दिइएको थियो । मैले यस बारेमा नेपाल तिर घर परिवार , साथीहरु कसैलाई भनेको थिइन । त्यसपछि हामिलाई ६ तारिक साझ टेस्ट गराइयो तर नतिजा पोजिटिव नै आयो ।फेरि दिनहु ब्यायाम र औषधि फलफुल तातो पानी खादै एक हप्तापछि १३ तारिक को टेस्टमा र १७ तारिकको टेस्टको नतिजा नेगेटिभ आयो ।

उक्त १७ दिनको अवधीमा हामीलाई कम्पनीबाट र साथीभाईहरु बाट राम्रो सेवा सुविधा , हौसला, सल्लाह र राम्रो निगरानी भयो । हामीलाई २० तारिक साझ हाम्रो डिस्चार्ज हुदैछ भनेर जानकारी प्राप्त भएपछि नया जिवन पाएको अनुभुति भयो ।

२१ मे को बिहान हामि झोला बोकी आफ्नो आफ्नो स्टेसन तिर खुसीका साथ पुग्यौ । यस दौरानमा हामिलाई निगरानी गर्ने डाक्टर , नर्स , कम्पनीका सरहरु , सेक्युरिटि , सहयोगी स्टाफहरु , सम्पुर्ण साथीहरु लाई हृदय देखि नै उच्च सम्मान का साथै धन्यवाद दिन चाहान्छु । कोरोना लाग्दैमा मरिदैन र कोरोना रोगीलाई हौसला प्रदान गरौ , डरले आफै कमजोर नबनौ र अरुलाई पनि डर नदेखाउनुहोला

निराजन गौतम (हाल :युएई अबुधावि ) कावासोती -१३ नवलपुर

प्रकाशित : २०७७ जेठ ९ गते १७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI