भारतमा शनिवार यो समाचार तयार गर्दा सम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार १४९ पुगेको छ। शनिवार दिउसो सम्मको वर्ल्डोमिटरको तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ७२९ जना पुगेको छ ।
यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५१ हजार ८२४ जना रहेको छ। हाल भारतमा ६९ हजार ५९७ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।
कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ। कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।
भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ। विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।
प्रकाशित : २०७७ जेठ १० गते १५:१३
No ads found for this position
Facebook Comment