No ads found for this position

कपिलवस्तुमा वडाध्यक्ष सहित ३ पत्रकारमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १० गते १५:२२
No ads found for this position
कपिलवस्तुमा वडाध्यक्ष सहित ३ पत्रकारमा कोरोना संक्रमण
No ads found for this position

कपिलवस्तुका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । वाणगंगा नगरपालिकाका एक वडाध्यक्षमा संक्रमण पुष्टि भएको हो।

कपिलवस्तुमा पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ। शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, कपिलवस्तुमा वडाध्यक्ष र पत्रकारमा पनि संक्रमण पुष्टि भएको हो । शुक्रबार मात्रै दुई पत्रकारमा संक्रमण पुष्टि भएको थियो।

कपिलवस्तुमा थपिएका संक्रमित मध्ये ६ जना वाणगंगा र २ जना बुद्धभूमिकाका रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जना नै वाणगंगाका भनेपनि स्वास्थ्य कार्यालयले नाम भेरिफाई गर्दा २ जना बुद्धभूमिका रहेको पाइएको कार्यालयका कोरोना फोलक पर्सन थापाले जानकारी दिए।

प्रकाशित : २०७७ जेठ १० गते १५:२२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI