अनेरास्ववियु र युवा संघ नवलपुरद्वारा मध्यविन्दु जिल्ला अस्पताललाई स्वाब संकलन बुथ हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १० गते १५:५२
अनेरास्ववियु र युवा संघ नवलपुरद्वारा मध्यविन्दु जिल्ला अस्पताललाई स्वाब संकलन बुथ हस्तान्तरण

कावासोती । अनेरास्ववियु र युवा संघ नवलपुर द्वारा मध्यविन्दु जिल्ला अस्पताललाई कोरोना परिक्षणको नमूना संकलन गर्नका लागि स्वाब संकलन बुथ हस्तान्तरण गरेको छ ।

शनिबार मध्यविन्दु जिल्ला अस्पताल डन्डाको परिसरमा संघीय सांसद एवं नेकपाका केन्द्रिय सदस्य तिलक महतले अस्पतालका अध्यक्ष डा गोपाल खनाललाई बुथ हस्तान्तरण गरेका हुन ।

कोरोना संक्रमितकाे संख्या बढे सगै विभिन्न स्वास्थ्य केन्द्रहरुमा आरडिटि परिक्षण र स्वाब संकलनको दर पनि बढदै गएको र जसले गर्दा स्वास्थ्यकर्मी पनि जोखिममा पर्न सक्ने भन्दै जोखिम न्यूनीकरणका लागि अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल नवलपुरले ६३ हजारको लागतमा बुथ निर्माण गरि जिल्ला अस्पताललाई हस्तान्तरण गरेको अनेरास्ववियुका अध्यक्ष ठाकुर पराजुलीले बताए ।

स्वाब संकलन बुथ हस्तान्तरण गर्दै सांसद महतले युवा संघ र अनेरास्ववियुले विपतकाे समयमा अग्रस्थानमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरि समाजमा रचनात्मक कार्य गरेकाे भन्दै प्रशंसा गरेका थिए ।

प्रकाशित : २०७७ जेठ १० गते १५:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI