बुटवल कोरोना अस्पतालबाट १० जना संक्रमित निको भई घर फर्किए

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ११ गते ८:४१
बुटवल कोरोना अस्पतालबाट १० जना संक्रमित निको भई घर फर्किए

नेपालगञ्जमा २१ जनाले कोरोनालाई जितेर हर्षोल्लास मनाउँदै घर फर्किएको भोलिपल्ट शनिबार बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना संक्रमित निको भएर घर फर्किए ।

अस्पतालका अनुसार निको भएर फर्किएकाहरु कपिलवस्तुका हुनुहुन्छ। जो भारतबाट लुुकिछिपी आएको कपिलबस्तु प्रशासनले जनाएको थियो।

अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुुदर्शन थापाका अनुसार संक्रमितहरू मुक्त भएर घर फर्किंदा निकै हर्षमा हुनुहुन्थ्यो । यस अघि यही अस्पतालबाट रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर जानु भएको थियो ।

संक्रमित बढिरहेको यो प्रदेशमा मुक्त भएर फर्किनेहरु बढेपछि मुख्यमन्त्री शंकर पोखरेलले समेत सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै उहांहरुलाई बधाई दिनु भएको छ । दुई सय ७० भन्दा धेरै संक्रमित यो प्रदेशमा कोरोना युद्ध जित्नेहरुको संख्या ३२ पुगेको छ भने ज्यान गुमाउनेको संख्या दुई रहेको छ । गोरखापत्रबाट

प्रकाशित : २०७७ जेठ ११ गते ८:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI