No ads found for this position

आजको मौसम पूर्वानुमान

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ११ गते ८:५२
No ads found for this position
आजको मौसम पूर्वानुमान
No ads found for this position

भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेकोले नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैगरी, महाशाखाले हाल  देशको  पूर्वी र मध्य भूभागमा सामान्य बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ  

आइतबार दिउँसो देशको मध्य र पूर्वी  भूभागहरुमा सामान्य बदली हुने र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

त्यस्तै, मध्य तथा पूर्वी पहाडी भूभाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको  सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा राति भने देशको  पहाडी भूभागहरुमा  सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली रहने उल्लेख गरिएको छ । 

यसैगरी, मध्य र पूर्वी  भूभागका  केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको  सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

प्रकाशित : २०७७ जेठ ११ गते ८:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI