No ads found for this position

आफ्नो गाउँको बारेमा निबन्ध लेख्नुहोस, पुरस्कर जित्नुहोस

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ११ गते ९:४०
No ads found for this position
आफ्नो गाउँको बारेमा निबन्ध लेख्नुहोस, पुरस्कर जित्नुहोस
No ads found for this position

लकडाउनमा घरभित्रै बसिरहेका बेला आफ्नो गाउँको विषयमा निबन्ध लेखेर जित्न सक्नुहुनेछ पुरस्कार। त्यसका लागि ‘पर्यटन प्रवर्द्धन मञ्च, नेपाल’ले ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ। मञ्चका संयोजक लिलाराम खड्काका अनुसार जुनसुकै उमेर समूहकाले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।


प्रतियोगितामा सहभागी हुन नेपालभित्रका जुनसकै गाउँको प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक र सामाजिक पक्ष समेटेर १ हजार शब्दसम्मको निबन्ध [email protected] मार्फत् जेठ २० गतेभित्र पठाउनु पर्नेछ।

‘निबन्धका साथमा गाउँको प्रकृति, संस्कृति र जीवनशैली झल्कने कम्तीमा ३ वटा तस्बिर हुनुपर्नेछ’, खड्काले भने, ‘इमेलमा प्राप्त हुने निबन्धबाट छानेर उत्कृष्ट तीन निबन्धलाई ७ हजार रुपैयाँका दरले पुरस्कृत गर्नेछौं।’ मञ्चले जेठ २५ गते उत्कृष्ट निबन्धको घोषणा गर्नेछ। ‘पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका गाउँ/ठाउँको सम्भावना उजागर गर्न हामीले प्रतियोगिता गरेका हौं’, उनले भने, ‘हिमाल, पहाड र तराई सबैतिर पर्यटकीय सम्भावना भएका थुप्रै ठाउँ छन्। त्यस्ता ठाउँलाई हामी चर्चामा ल्याउने छौं।’

प्रकाशित : २०७७ जेठ ११ गते ९:४०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI