मजदुर घरवाटै आउजाउ गरेर बिराटनगरका कारखाना संचालन

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ११ गते १५:५४
मजदुर घरवाटै आउजाउ गरेर बिराटनगरका कारखाना संचालन

समाचारदाता बिराटनगर – लक डाउनले सबै क्षेत्र आक्रन्त भैरहेको समयमा पुर्वान्चलका कारखाना फरक शैलीमा संचालन भैरहेको छ । दैनिक खाद्य पदार्थ उत्पादनगर्ने ७ वटा कारखानाका मजदुर घरैवाट आउजाउ गरेर उद्योग संचालन भैरहेको छ । बिराटनगरको दुहवी नगरपालिकामा संचालित चाउचाउ, बिस्कुट र पेय पदार्थ उत्पादन गर्ने कारखानामा १२ सय भन्दा बढि मजदुर कार्यरत छन ।

ति सबैमा हरेकदिन मजदुर घरवाटै आउजाउ गरेर उद्योग संचालित छन । दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले मजदुरहरुको दैनिकी धान्न र बजारमा खाद्य उपभोग्य बस्तुका अभाव हुन नदिन र राजश्व गुम्न नदिन सबै कारखाना पुर्ण क्षमतामा संचालन गरिएको बताउनुहुन्छ । उहाले चाउचाउ,बिस्कुट,पेय पदार्थ उच्पादन र राइस मिलहरु लक डाउनको अबधिमा कुनैदिन पनि बन्द नभएको जानकारी दिनु भयो । कारखाना बन्द गर्दा मजदुर परिवारको बिचल्ली हुन्छ भनेर हामी शुरुदेखि नै सचेत थियौ र कुनै दिन बन्द हुन दिएनौ गच्छदारले भन्नु भयो ।

सबै ति कारखानाले स्वास्थ्य प्रोटोकल पुरा गरेको छ र सम्बन्धित वडाले साप्ताहिक रुपमा अनुगमन गर्दै आएको छ । त्यहाको रम्पम चाउचाउका उत्पादक एसियन थाई फुडस प्राली दैनिक ४५ हजार कार्टुन चाउचाउ उत्पादन गर्दै अँएको छ । त्यहा दैनिक तिन सिफटमा ४ सय ५० मजदुर का मगर्दै आएका छन । उनिहरु सबै घरवाटै आउजाउ गर्छन । त्यसैगरि एशियन बिस्कुट र बेभरेजले दैनिक ३ सय मजदुर राखेर काम गरिरहेको छ । क्वालिटि बिस्कुट,क्वालिटी थाइफुडस, झापाको मनसा थाइफुडसले पनि ४ सय ४५ मजदुर कजाइ रहेका छन । मेयर गच्छदारले आफनो नगरपालिका क्षेत्र भित्र बस्ने ११ हजार भन्दा बढि बेजिल्लाका मजदुरहरुलाई तेश्रो चरणको राहत बांडने र सबैको आरडिटि , पिसिआएर चेक गर्ने काम शुरु भएको जानकारी दिनु भयो ।

नगरपालिका भित्रका बासिन्दालाई बिभेद गर्न मिल्दैन उहाले भन्नुभयो सरकारले निर्देशन दिन्छ काम गर्दैन । आर्थिक सहयोग पनि गरेन भ्याएसम्म आफनै आर्थिक श्रोतवाट ति सबै काम गर्ने तैयारीमा आफुहरुले काम अघि बढाएको उहाले जानकारी दिनु भयो । यो साता बिराटनगरका ठुला सबै कारखाना संचालन गनै तैयारीमा कारखाना रहेको र आफुहरुले नियमित सहयोग गरिरहेको मेयर गच्छदारले जानकारी दिनुभयो ।

त्यसो गर्दा राजश्व आउछ , मजदुरको रोजिरोटिको समस्या रहदैन र बजारमा समाना अभाव पनि हुदैन । दुई महिनाको लक डाउनले सिकाएको पाठवाट आफुहरु कडाइका साथ स्वास्थ्य प्रोटोकलको मापदण्ड पुरा गरेर सबै कारखाना पुर्ववत अबस्थामा संचालन गर्ने तैयारीमा रहेको गच्छदारको भनाई छ । दुहवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार न्यौपानेले सबै कारखानामा घरबाटै मजदुरहरु आउजाउ गरेर काम भैरहेको र कारखानाको सम्बन्धित वडा कार्यालयले अनुगमन गरिरहेकोले कुनै समस्या नरहेको जानकारी दिए । मजदुरहरु सावधानी पुर्वक घरैवाट आउजाउ गर्छन ।

कारखानाहरुले सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गरेका छन । कारखानामा भारतिय नागरिकलाई काममा नलगाइएको र ४, ५ किलोमिटर दुरी सम्मका मजदुर घरैवाट आउजाउ गरेको उहाले जानकारी दिनुभयो । लक डाउनले सबै भन्दा बढि बिपन्न मजदुरहरुको परिवार बिचल्ली हुने स्थिती देखिएका कारण आफुहरुको पहिलो प्राथामिकता खाद्य संग सम्बन्धित कारखाना संचालन गर्ने र दोश्रो फेजमा अन्य स्टिल लगायतका ठुला कारखाना संचालन गर्ने तैयारी भैरहेको उहाले जानकारी दिनु भयो । सुनसरी सबै भन्दा बढि राजश्व असुल्ने जिल्ला हो । राजश्व प्रभावित पनि नहोस र मजदुरको रोजीरोटि पनि चलिरहोस भनेर त्यहाका कारखाना संचालन भैरहेको स्थानिय प्रेमचन्द्र चाचानले जानकारी दिए । त्यहा अन्य ठुला उद्योगहरु प्नि यसै सातावाट संचालन गर्ने तैयारी भैरहेको छ । फाइल तस्बिर

प्रकाशित : २०७७ जेठ ११ गते १५:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI