No ads found for this position

कोरोना संक्रमणसँग लडन सक्ने बजेट ल्याउन गण्डकी सरकारलाई नेपालीको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ११ गते १७:२४
No ads found for this position
कोरोना संक्रमणसँग लडन सक्ने बजेट ल्याउन गण्डकी सरकारलाई नेपालीको आग्रह
No ads found for this position

पोखरा । गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन सुरु भएको छ । पोखराको नदीपुरमा रहेका सभाहलबाट संचालन भइरहेको प्रदेशसभा आइतबारबाट भने पोखरा सभागृहबाट सुरु भएको हो ।


अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले कोरोना भाइरसको नियन्त्रण गण्डकी प्रदेशको प्रमुख चुनौती रहेको बताउदै कोरोना संक्रमण सँग लडने बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह गरेका छ्न ।


‘हिउँदे अधिवेशनमा उठाएका केहि विषयहरु आजसम्म पनि सम्बोधन नभएको हुदा उक्त कुराहरु सम्बोधन होस भन्ने चाहन्छौँ ,यदि ति विषयहरु सम्बोधन नभए नेपाली काँग्रेस संसदीय दलले कडा कदम चाल्ने कुरा जानकारी गराउन चाहन्छु , कोरोना संकटको बेलासँगै हिड्न सकिन्न भनेर हामी अगाडी बढिरहेका छौँ , कोरोनामा मारमा परेका सवैलाई राहत पुग्ने प्याकेज घोषणा गर्न प्रदेश सरकारलाई अनुरोध गर्न चाहन्छु ’ नेपालीले बताए । उनले प्रदेशमा रहेका सवै राजनीतिक दललाई एक भएर कोरानाको बिरुद्ध लड्न आग्रह गरेका थिए ।
 
प्रतिपक्षी दलका नेता नेपालीले सरकारले समय हुँदाहुँदै पनि प्रदेश सरकारको तयारी नभएको आरोप लगाएका छन् । नेपालीले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले छुट्टै अस्पताल बनाउन नसकेको कारण धेरै बिरामीहरुले दुख खेप्नु परेको आरोप लगाए । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले के गरिरहेको छ भन्ने कुराको जानकारी गराउनका लागि उनले प्रदेश सरकारलाई आग्रह गरेका थिए । उनले यस्तो संक्रमणको समयमा पनि स्वास्थ्य सामाग्रीमा भष्ट्राचार हुनु र सांसद अपहरण हुनु दुखत भएको बताएका छन् । 

प्रकाशित : २०७७ जेठ ११ गते १७:२४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI