No ads found for this position

कोरोना नियन्त्रणमा सफल भएका छौँ : मुख्यमन्त्री गुरुङ

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ११ गते १७:३८
No ads found for this position
कोरोना नियन्त्रणमा सफल भएका छौँ : मुख्यमन्त्री गुरुङ
No ads found for this position

पोखरा । गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन सुरु भएको छ । पोखराको नदीपुरमा रहेका सभाहलबाट संचालन भइरहेको प्रदेशसभा आइतबारबाट भने पोखरा सभागृहबाट सुरु भएको हो ।

प्रदेश सभामा उठेका विषयहरुमाथि प्रष्ट पार्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले कोरोना नियन्त्रणका लागि प्रदेश सरकार तदारुपताको साथ लागि गरेको बताएका छन् । उनले कोरोना नियन्त्रणको लागि प्रदेश सरकार सफल भएको बताएका छन् ।  ‘कोराना संक्रमण देखिएको कारण मात्र हाम्रो योजनाहरु सबै पुरा हुन पाएनन् । हामीले यो बिचमा पनि केहि योजना संचालन गरिरहेका छौँ । मुक्तिनाथको आशिर्वादले पनि हाम्रो प्रदेशमा कोरोना नलागेको होला । तर मुक्तिनाथको मायाले मात्र नभएर प्रदेश सरकारको तयारीको कारणले पनि कोरोना नियन्त्रण गर्न सफल भएका छौँ । हाम्रो तयारी हुँदाहुँदै पनि बाहिरबाट आएका व्यक्तिहरुको कारणले गर्दा कोरोना महामरीमा ग्रीन जोन कायम गर्न सकिएन । तर पनि कोरोना नियन्त्रणका लागि कुनै कसर नराखी काम गरिने छ ।

राष्ट्रिय मापदण्ड अनुसारको क्वारेन्टाइन निर्माणको लागि पनि लागि परिरहेका छौँ । क्वारेन्टाइनहरुको निरीक्षणका लागि म आँफै जिल्ला जिल्लामा पुगेँ । प्रदेश सरकारकै पहलमा प्रदेशमा प्रयोगशाला निर्माण भएको छ । आजको दिनमा हामीसँग दुई वटा पिसिआर मेशिन छ । थप एक ल्याउने तयारीमा छौँ । हामीले आगामी दिनको पनि आकलन गरेर तयारी गरेका छौँ । सुरुको चरणमा डव्लु एचको मान्यता प्राप्त सामाग्रीहरु नआएको कारण केहि समस्या परेको कुरा भने सत्य हो ’ मुख्यमन्त्री गुरुङले भने । 

मुख्यमन्त्री गुरुङका अनुसार बजार अनुगमनलाई पनि उत्तिकै तिव्रता दिइएको छ । उनले गण्डकी प्रदेशमा खाद्यन्न सामाग्रीहरुको आयत निर्यातमा कुनै पनि समस्या नभएको बताएका छन् । गुरुङले प्रदेशदेखि स्थानिय तहसम्म सचेततापुर्वक कोरोना नियन्त्रणमा लागेको बताए । गुरुङले फागुन मशान्तसम्म सबै योजनाहरु उत्साहको साथ सम्पन्न भएको बताएका छन् । गुरुङका अनुसार केहि योजनाहरु लकडाउनको अवधीमा पनि संचालन भएको छ । 
मुख्यमन्त्री गुरुङ कोरोना संक्रमण देखिएका सवै विरामीको उपचार प्रदेश सरकारले प्रतिवद्धता व्यक्त गरेका थिए । अग्रमोर्चामा खटिएर कामगर्ने कर्मचारीलाई ३० लाखको स्वास्थ्य बिमा गर्ने जानकारी पनि मुख्यमन्त्री गुरुङले बताएका छन् ।  गण्डकी प्रदेशमा एक सय वेडको आइसोलेसन वेडको तयारी गरेको बताए । गुरुङले गण्डकी प्रदेश विश्व बिद्यालयमार्फत पाँच सय वेडको टिचिङ अस्पताल खोल्ने जानकारी गराए ।


मुख्यमन्त्री गुरुङले कोरोना संक्रमण अवस्व यस्तै रह्यो सोसियल डिस्टेन्स कायम गरेर बिकास निर्माणका आयोजनाहरुलाई संचालन गर्ने बताएका छन् । सम्बोधनको अन्त्यमा केपी ओली जति राष्ट्रबादी कोहि नभएको दावीसमेत गर्दै उनले सरकारले नयाँ नक्सा जारी गरेर धेरै राम्रो काम गरेको बताए  । प्रतिपक्ष दलहरुप्रति नरम बन्दै उनले सबै राजनीतिक दलप्रति आभार व्यक्त गर्दै राष्ट्रियताको पक्षमा एक ठाउँमा उभिएकोमा धन्यबाद दिएका थिए । 

प्रकाशित : २०७७ जेठ ११ गते १७:३८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI